मदन भण्डारीको जीप दुर्घटनाको सत्यता बाहिर नआउनु दुःखदः विद्यादेवी भण्डारी

काठमाडौं, १६ चैत – राष्ट्रपति विद्यादेवी भण्डारीले एमालेका लोकप्रिय नेता मदन भण्डारीको जीप दुर्घटनाबारे सत्यतथ्य बाहिर नआउनु दुःखद भएको बताएकी छिन् ।मोरङको उर्लाबारी नगरपालिका – ३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानको निर्माण रहेको ‘मदन भण्डारी संग्रहालय’ को उद्घाटन कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।मदन भण्डारी संग्रहालयको राज्यस्तरले नै संरक्षण गर्नुपर्ने समेत उनले बताएकी छिन् । विद्यादेवी मदन भण्डारीकी धर्मपत्नी समेत हुन् ।आजै उद्घाटन गरिएको संग्रहालयमा नेता मदन भण्डारीको जन्मदेखि दासढुंगा दुर्घटनासम्मका सामग्री राखिएको छ ।संग्रहालय यही चैत १८ गतेदेखि सर्वसाधारणका लागि खुल्नेछ भने तीन करोडको लागतमा निर्माण भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?