सार्वजनिक बिदा कटौती गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, १४ चैत– सरकारले हाल विभिन्न अवसरमा दिँदै आएको सार्वजनिक बिदालाई कटौती गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले बिदा कटौती गर्ने निर्णय गरेको सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले सञ्चारकर्मीलाई जानकारी दिए ।जसअनुसार अबदेखि अर्थात २०७५ सालमा सरकारी कार्यालय २२ दिन बढी खुल्ने छ । उनका अनुसार २०७५ सालमा सार्वजनिक विदा ८२  दिन हुनेछयसअघि २०७४ सालमा कुल १०४ सार्वजनिक बिदा दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?