काठमाडौं, १४ चैत । न्यायपरिषदले प्रधानन्यायधीसका लागि तीन जनाको नाम सिफारिस गरेको छ ।उमेर विवादमा परेका प्रधानन्यायधीस गोपाल पराजुलीको बहिर्गमनपछि रिक्त रहेको प्रधान न्यायाधीशको पदमा नियुक्तिका लागि न्याय परिषद्ले दीपकराज जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्रशमशेर जबराको नाम संवैधानिक परिषद् समक्ष सिफारिश गरेको हो ।न्यायपरिषद्ले सर्वोच्च अदालतमा तीन वर्ष न्यायाधीशका रुपमा काम गरेका न्यायाधीशहरुको सूची संवैधानिक परिषद्मा पठाउने र तीमध्ये एक जनालाई प्रधानन्यायधीसमा नियुक्त गर्ने गरिन्छ ।हालसम्म वरिष्ठताका आधारमा प्रधान न्यायाधीश नियुक्त गर्ने प्रचलन रहँदै आएको छ । वरिष्ठताका आधारमा जोशी पहिलो नम्बरमा, मिश्र दोस्रो र जबरा तेस्रो स्थानमा छन् ।जोशी प्रधान न्यायाधीश नियुक्त भएमा उनको कार्यकालमै मिश्रले उमेरहदका कारण अवकाश पाउनेछन् ।प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा पाँच अन्य सदस्य रहने गर्छन् जसमा प्रधान न्यायाधीश, प्रतिनिधि सभाका सभामुख र उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रतिनिधि सभाका विपक्षी दलका नेता सदस्य रहन्छन् ।परिषद्को बैठकले सिफारिश गरेको नामलाई संसदीय सुनुवाई समितिले अनुमोदन गर्नुपर्छ । त्यसका लागि संसदीय सुनुवाई समिति गठन हुन आवश्यक भएपनि अहिलेसम्म नियमावली समेत बनेको छैन ।हाल वरिष्ठ न्यायाधीश जोशीले नै कायम मुकायम प्रधान न्यायाधीशको काम सम्हाल्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया