विदेशी कुटनीतिज्ञलाई प्रधानमन्त्रीको यस्तो ब्रिफिङ

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले सरकारको योजना तथा नीतिका बारेमा नेपालस्थित कुटनीतिक नियोगका प्रमुख, पदाधिकारी र विकास साझेदारहरुलाई ब्रिफिङ गरेका छन् ।मंगलबार प्रधानमन्त्रीको कार्यालयमा भएको उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले विदेशी राष्ट्रहरुसँग बर्तमान सरकार समानताका आधारमा सहकार्य गर्न तयार रहेको बताएका थिए ।कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सम्बोधन गर्दै सरकारले सबै देशसँग सुमधुर सम्बन्ध राख्न चाहेको र नेपालको विकासमा सहयोगको अपेक्षा राखेको बताएका थिए । त्यसपछि प्रधानमन्त्रीले सरकारका नीतिबारे सामुहिक ब्रिफिङ गरेका थिए ।छलफलपछि मन्त्री ज्ञवालीले सरकार दुई तिहाइको घमण्ड नगर्ने भन्दै विकास र सहकार्यमा सरकार तयार रहेको जानकारी गराएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?