काठमाडौँ, ११ चैत- नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले एमालेसँगको पार्टी एकताको घोषणा छिट्टै हुने बताएका छन ।वरिष्ठ नेता श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस अघि नै पार्टी एकता गर्ने विषयमा छलफल भईरहेको पनि स्पष्ट पारे । उनले २ पार्टीबीचको एकताको ‘स्पिरिड’ अनुसार आफ्ना गतिविधि अघि बढाउन पनि पार्टीको भातृ संगठन अनेरास्ववियू क्रान्तिकारीलाई निर्देशन दिए । आईतबार अनेरास्ववियू क्रान्तिकारीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता श्रेष्ठले परिवर्तित सन्दर्भअनुसार अनेरास्ववियू क्रान्तिकारीले आफ्नो भूमिका, नीति तथा कार्यक्रमलाई अघि बढाउने विश्वास पनि व्यक्त गरे ।वरिष्ठ नेता श्रेष्ठले नेपालको राजनीतिक परिवर्तनमा विद्यार्थी आन्दोलनको महत्वपूर्ण योगदान रही आएको पनि स्मरण गराए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया