खस–आर्यलाई आरक्षण नदेउ भन्ने ईयूलाई प्रधानमन्त्री ओलीको यस्तो चेतावनी

काठमाडौं, ११ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले युरोपेली युनियनलाई नेपालको आन्तरिक मामला र सार्वभौमसत्ताको अबमूल्यन नगर्न चेतावनी दिएका छन् ।ईयूको निर्वाचन पर्यवेक्षण मिसनले खस आर्य समुदायलाई आरक्षण नदिन दिएको सुझावपछि प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमा नै यसप्रति विरोध जनाएका हुन् ।नियोकको निर्वाचन पर्यवेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘यो नेपालललाई अण्डरमाइन्ड गरेको हो, हेपेको हो । मैले र नेपाली जनताले हेपिएको महसुस गरेका छौं ।’नेपालले विरोध गरेपछि सच्याउला भन्ने सोचेपनि ईयू झनै जिद्दिप्रर्ण देखिएको भन्दै उनले यसलाई तत्काल सच्याउन चेतावनी दिए ।निर्वाचन पर्यवेक्षणका नाममा धर्म प्रचार गर्न आएका कतिपय संस्थालाई फर्काइएको स्मरण गर्दै उनले त्यसको प्रतिशोध प्रतिवेदन नलिन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?