विराटनगर, ८ चैत – प्रदेश नं १ को प्रदेशसभाको आज बसेको बैठकले प्रदेशसभा कार्य सञ्चालनका लागि बनेको प्रदेशसभा नियमावली मस्यौदा प्रस्ताव– २०७४ सर्वसम्मतरुपमा पास गरेको छ ।मस्यौदा समितिका संयोजक लीलावल्लभ अधिकारीले नियमावली पारित गरियोस् भनी बैठकमा प्रस्ताव प्रस्तुुत गर्नुुभएको थियो ।पहिलो बैठकमा नियमावलीका विषयमा प्रदेशसभाका १२ जना सदस्यले बोल्नुभएको थियो । प्रदेशसभाको आज बसेको दोस्रो बैठकमा नियमावली सर्वसम्मतरुपमा पास भएको घोषणा सभामुुख प्रदीप भण्डारीले गर्नुुभयो ।दोस्रो बैठकमा प्रदेशसभा सदस्य उषाकला राईले नियमावलीको केही बँुुदामा संशोधनका लागि संशोधन प्रस्ताव राख्नुुभएको थियो । उहाँको प्रस्तावसहित नियमावली सर्वसम्मतरुपमा पास भएको हो ।मस्यौदाउपर उठेको विषयमा मस्यौदा समितिका संयोजक लीलावल्लभ अधिकारीले जवाफ दिनुुभएको थियो ।प्रदेशसभाको अर्को बैठक चैत २४ गते बुुधवार बस्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया