काठमाडौं, ८ चैत । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही महिना भारत भ्रमण गर्ने तयारी भइरहेको छ ।यहि चैत चौथो साता भ्रमण हुनसक्ने परराष्ट्र मन्त्रालयका अधिकारीहरुले बताएका छन् । प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी भइरहेको पुष्टि गर्दै प्रधामन्त्री निकट स्रोतका अनुसार अहिले मिति तय भइसकेको छैन । दुई देशको सहमतिमा भ्रमणको मिति छिट्टै घोषणा हुने बताए ।बामगठबन्धनका तर्फबाट एमाले अध्यक्ष ओली प्रधानमन्त्री भए लगतै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विदेशमन्त्री सुष्मा स्वराजलाई विशेष दूतका रुपमा नेपाल पठाएका थिए । त्यसअघि ओली र मोदीबीच दुई पटक टेलिफोन वार्ता समेत भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया