संसद भवनमा प्रचण्ड-नेपालबीच भेट, केहीबेर गोप्य कोठामा छलफल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटघाट भएको छ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा लगाउने क्रममा प्रचण्ड र नेपालबीच भेटघाट भएको हो ।

खोप लगाएपछि दुवै नेताहरुबीच केहिबेर गोप्य कोठामा बसेर समेत कुरा भएको थियो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठबाट प्रचण्ड खोप लिनका लागि संसद भवन पुगेका थिए । भने नेता नेपाल आफू पक्षका नेताहरुसँगको छलफलपछि संसद भवन पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?