प्रतिनिधि सभाको बैठक : अनुपस्थित भए नेपाल पक्षका सांसद

लोकपथ
126
Shares

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बसेको प्रतिनिधि सभाको बैठकमा नेकपा एमाले माधव कुमार नेपाल पक्षका सांसदहरु अनुपस्थित भएका छन्।

सोमवार बिहान सिंहदरबारमा बसेको नेपाल समूहका सांसदहरुको बैठकले संसद बैठकमा सहभागी नहुने निर्णय गरेका कारण उनीहरु अनुपस्थित भएका हुन् ।

नेपाल समूहका सांसदहरु उपस्थित नभएपछि प्रतिनिधि सभामा सत्तारुढ दल एमालेको धेरै सिटहरु खाली छन्।

नेपाल समूहमा ३८ जना सांसद रहेको दाबी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?