मुख्यमन्त्री शाहीले विश्वासको मत लिने भएपछि कर्णालीमा कांग्रेसले थाल्यो छलफल

काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बसेको नेपाली कांग्रेस संसदीय दलको बैठक निष्कर्षविहिन बनेको छ ।

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने भएपछि आवश्वक रणनीति तयार गर्न बसेको बैठक निष्कर्षविहिन टुंगिएको हो ।

शुक्रवार बिहान २ घण्टा बसेको बैठक के गर्ने भन्ने ठोस निर्णय नभएको स्रोतले जनाएको छ ।
त्यस्तै त्यसबारे छलफल गर्न आजै अर्को बैठक बस्नेछ ।

कर्णाली प्रदेश सरकारबाट एमाले बाहिरिने भएसँगै मुख्यमन्त्री शाहीले आज विस्वासको मत लिने बताएका छन् ।
एमाले सरकारबाट बाहिरिएसँगै विश्वासको मत लिएर नयाँ सरकार गठन गर्ने गृहकार्यमा मुख्यमन्त्री शाही लागेका छन् ।
आजको बैठकमा मुख्यमन्त्री शाहीले संसदबाटै विश्वासको मत लिने बताएका छन् ।

हाल कर्णाली प्रदेशमा ४० जना सांसद रहेका छन् । जसमध्ये माओवादी केन्द्रबाट एक सदस्य एमालेमा प्रवेश गरेका छन् । जसबाट प्रदेश सभामा बहुमत पुर्याउनका लागि २० जना सांसदको आवश्यक्ता पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?