काठमाडौं । शुक्रवार (आज) सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस २ जना न्यायाधीशद्वय नहकुल सुवेदी र कुमार चुडालको संसदीय सुनुवाई हुँदैछ ।
संसदीय सुनुवाई समितिले आह्वान गरेको समयभित्र सुनुवाई भएका दुईविरुद्द ७ वटा उजुरी परेको थियो । समितिमा सुवेदीविरुद्ध ५ र चुडालविरुद्ध २ उजुरी परेको हो ।
त्यस्तै समितिमा उनीहरुविरुद्द परेको उजुरीका बारेमा उजुरीकर्ताहरुसँग समेत छलफल भइरसकेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा रहने न्यायपरिषद्को बैठकले गत फागुन २८ गते दुवै जनालाई सिफारिस गरेको थियो ।
त्यस्तै सर्वोच्च अदालतमा सुवेदीविरुद्ध योग्यता सम्बन्धी प्रश्न समेत उठेको थियो । यद्यपी सर्वोच्चले सुवेदीको योग्यता पुगेको फैसला गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया