अविश्वासको प्रस्तावबाट भाग्दिन, माथि पनि कुरा चलाउँछु : मुख्यमन्त्री गुरुङ

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको सामना गर्ने बताएका छन् ।

अविस्वासको प्रस्ताव दर्ता भएसँगै सञ्चारकर्मीहरुसँग बोल्दै मुख्यमन्त्री गुरुङले त्यस्तो बताएका हुन् ।

‘भागेर कहाँ जानु ? म जस्तो लोकतन्त्रमा विश्वास गर्ने मान्छे भागेर हुन्छ ।’ उनले भने- ‘यो बारेमा चाँही छलफल गरौँ भन्ने थियो ।’

त्यस्तै आफूले केन्द्रमा पनि त्यसबारे छलफल चलाउन आग्रह गरेको बताएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि छलफल चलाउन चाहेको बताए ।

त्यस्तै राष्ट्रिय जनमोर्चाको अध्यक्ष चित्रबहादुर केसीको भनाईलाई आधार लिँदै सबै बामपन्थी एक नभए प्रतिगमन हुने दाबी गरे ।

मुख्यमन्त्री गुरुङले आफूले नेपाली कांग्रेसलाई पनि सरकारमा सहभागी हुन आग्रह गरेको बताए । यसैगरी जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई फोन गरी त्यसबारे छलफल गरेको र जसपाले केन्द्रीय कमिटी बैठकमा त्यसबारे कुनैपनि निर्णय नभएको बताएको उनको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?