निर्वाचनको बेला गरेको प्रतिवद्धताहरु पुरा हुँदै आएका छन् : सांसद लम्साल

काभ्रेपलाञ्चोक । बागमती प्रदेशका प्रदेश सभा सदस्य लक्ष्मण लम्सालले निर्वाचनको बेला आफूहरुले गरेको प्रतिवद्धताहरु पुरा हुँदै आएको बताएका छन् ।

काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका १० जोगिटारमा रहेको जोगिटार हरितपार्कको समुद्घाटन गर्दै सांसद लम्सालले निर्वाचनको बेला आफूहरुले गरेको प्रतिवद्धता पुरा हुँदै आएको बताएका हुन् ।

कार्यक्रममा उनले  हरेक विकास निर्माणमा सबै वर्ग, क्षेत्र र समुदायको समान सहभागीता, सकारात्मक भवना तथा प्रतिवद्धता आवश्यकता रहेको बताउदै हरितपार्कलाइ नयाँ ढंगले सञ्चालनमा ल्याउन प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताए ।

कार्यक्रममा मण्डनदेउपुर नगरपालिकाका नगरप्रमुख टोकबहादुर वाईवाले जिल्लाकै कान्छो नगरपालिका भएपनि भौतिक संरचना निर्माण, प्रशसनीक काम र नीति निर्माणमा जिल्लाकै अग्रणी नगरको रुपमा उदय भएको बताए । उनले पार्क निर्माणका लागि नगरले स्थानीयको माग बमोजिम सहयोग गरेको बताए ।

कार्यक्रममा उनले नगरका ९५ सय घरधुरी मध्ये ५५ सय घरधुरीलाई खानेपानीको व्यवस्था गरिएको जनकारी दिए । नगरमा झन्डै १ अर्ब लागतमा बृहत खानेपानी आयोजना सञ्चालनमा आउदैछ ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका जिल्ला उपसभापति अच्युत प्रसाद पौडेलले इन्द्रावति नदिको अबैध दोहन रोक्न आग्रह गर्दै १० नम्बर वडा भित्र बग्ने इन्द्रावति नदिबाट उत्खनन् गरेर झिकिएको गिटि बालुवाको कर यही वडाको विकास निर्माणमा प्रयोग हुनु पर्ने बताए ।

कार्यक्रममा  वडा नं १० अध्यक्ष, विष्णुमणी नेपालले हरित पार्क निर्माणमा सहयोग गर्ने सबै सहयोगी दाताहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामि दिनहरुमा पनि सहयोगको अपेक्षा रहेको बताए । डिभिजन वन कार्यालय धुलिखेलका प्रमुख देविचन्द्र पोखरेलले समुदायको अग्रसरतामा हुने यस्ता कामहरुले आफुहरु हर्षित भएको बताउदै आगामि दिनहरुमा समेत सहकार्यगर्न आफुहरु तयार रहेको बताए ।

१० रोपनि क्षेत्रफलमा फैलिएको पार्क निर्माणकालागि १८ लाख २१ हजार रुपैया खर्च भएको हरितपार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष श्याम नेपालले जानकारी दिए ।

उक्त पार्क निर्माणकालागि डिभिजन बन कार्यालयले १० लाख रुपैयाँ सहयोग गरेको थियो । पार्क निर्माणमा नगरपालिका, वडाकार्यालय , एन आइ सी एसिया बैंक, स्याडेड नेपाल, देश विदेशमा रहेका विभिन्न व्यक्तित्वहरुको आर्थिक सहयोग रहेको र स्थानियको जनश्रमदानमा पार्क निर्माण भएको अध्यक्ष नेपालले जानकारी दिए ।

कार्यक्रममा पाँचखाल नगरपालिकाका मेयर महेश खरेल, समाजसेवी कश्यप प्रसाद पौडेल, छिमेकि वडाका वडा अध्यक्षहरुले पार्क निर्माणमा स्थानियको अग्रसरताको खुलेर प्रंशसा गर्दै अन्यत्र पनि यसको सिको गर्न आग्रह गरे ।

पार्क भित्र निशुल्क वाइफाइ पिउने पानी बालबालिकाहरुकालागि मनोरञ्जनात्मक खेल्ने ठाँउ, भ्यू टावर लगायतका सुविधाहरु रहेका छन । पार्क हेर्न आन्तरिक पर्यटकहरुको घुँइचो लाग्ने गरेको स्थानिय सरोज नेपालले जनकारी दिए ।

नयाँ बर्षको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रममा लोक तथा दोहोरि गायक गायिक मान सि. खड्का , अमृता लामिछाने, हास्यकलाकारहरु सुरेश थापा (दर्शने) र अनिता दङ्गाल (मनमाया) ले आ-आफ्नो प्रस्तुति दिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?