नागरिकता सम्बन्धी विधेयक विचाराधीन रहँदा जनताले समस्या भोग्नुपर्‍यो : सांसद यादव

काठमाडौं । जनता सामाजवादी पार्टी (जसपा) का सांसद प्रदीप यादवले नेपाली नागरिकता सम्बन्धी विधेयक संसदमा विचाराधिन रहँदा जनताहरु समस्यामा परेको बताएका छन् ।

सोमवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद यादवले त्यस्तो बताएका हुन् ।

नागरिकता पाउने प्रत्येक नागरिकको अधिकार र राज्यले प्रदान गर्नुपर्ने राज्यको दायित्व पनि हो तर अहिले नागरिकतासम्बन्धी नयाँ कानून लामो समयदेखि संसद्मा विचाराधीन हुँदा जनताले समस्या भोग्नुपरेको धारणा व्यक्त गरे ।

यरैगरी उनले उक्त विधेयकमा रहेको वैबाहिक अङ्गिकृतसम्बन्धी नागरिकताको व्यवस्था पनि विवादास्पद रहेको बताउँदै त्यसमा रहेको सात वर्षको अवधि हटाउन माग गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?