कांग्रेसको नेत्तृत्वमा सरकार बनाउन माओवादी सकारात्मक, जसपाले छलफल गर्ने

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउनका लागि नेकपा माओवादी केन्द्र सकारात्मक भएको जनाएको छ ।

आज बसेको तीन दलको बैठकपछि बोल्दै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले त्यस्तो बताएका हुन् ।

त्यस्तै आजको बैठकमा जनता समाजवादी पार्टी(जसपा) का नेताहरुले भने आफूहरु त्यसबारेमा छिट्टै औपचारिक निर्णय गर्ने जानकारी दिए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न दुवै दलका शीर्ष नेताहरुलाई आफ्नो निवास बुढानिलकण्ठ बोलाएका थिए ।

बैठकपछि बोल्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले केहिदिन अघिको केन्द्रीय समिति बैठकको निर्णय अनुसार पार्टीले आजको बैठकमा आफ्नो नेतृत्वमा सरकार बनाउनेबारे प्रस्ताव राखेको जानकारी दिए ।

यसैगरी माओवादी सकारात्मक भएपनि जनता समाजवादी पार्टीले भने त्यसबारे पार्टीभित्र अनौपचारिक रुपमा गरेर छिट्टै निर्णय दिनेबारे बैठकमा कुरा राखेको जानकारी दिए ।

आजको बैठक पूर्ण रुपमा सकारात्मक भएको र आगामी बैठक छिट्टै बस्ने प्रवक्ता शर्माले बताए ।

त्यस्तै बैठकपछि बोल्दै माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले पहिल्यैदेखि कांग्रेसको नेतृत्वमा सरकार बनाउनका लागि भनिरहेको र अहिले पनि त्यसको समर्थन गर्ने बताए ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओली सर्वसत्तावादी भएकोले संविधानको रक्षा गर्ने दलहरु मिलेर सरकार बनाउन लागेको बताए । ‘केपी शर्मा ओली केपी ओली सर्वसत्तावादी भए । पुलिस, सेना कर्मचारी आफ्नो कमाण्डमा चलाउन खोजे ।
जसपाले पहिलो पटक केपीको नेतृत्वको सरकारलाई हटाउँदै आफ्नो नेतृत्वमा सरकार बनाउने छलफल भयो । आफने केहि चासो र सरोकारको विषयमा कुराहरु राख्नुभयो । संविधानको विरुद्ध गएको, । प्रतिनिधि सभा विघटन गरेको,संविधानको हत्या गरेको केपी ओलीलाई हटाएर संविधान रक्षा गर्नेहरु मिलेर सरकार बनाउने विषयमा कुरा भयो ।’ उनले भने

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?