बुढानिलकण्ठ जानुअघि जसपाका नेताहरु आन्तरिक छलफलमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेताहरु छलफलमा जुटेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको छलफलमा सहभागी हुन देउवा निवास बुढानिलकण्ठ हिँडेका नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् ।

जसपाका अध्यक्ष महन्थ ठाकुर, संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई, नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो लगायतका नेताहरु छलफलमा जुटेका हुन् ।

आज कांग्रेस सभापति देउवाले माओवादी र जसपासँग छलफल गर्न लागेका छन् । त्यसका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत अन्य नेताहरु बुढानिलकण्ड पुगिसकेका छन् । त्यस्तै कांग्रेसका पदाधिकारी तथा पूर्व पदाधिकारीहरु समेत बुढानिलकण्ठ पुगिसकेको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?