आज राष्ट्रपति भण्डारीद्वारा ४५० जना विभूषित हुँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आज ४ सय ५० जना विभूषित हुँदै छन् । आज शुक्रवार एक समारोहबीच राष्ट्रपतिनिवासमा ४ सय ५० जनालाई विभूषण प्रदान गरिँदै छ ।

गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै संविधान दिवस २०७६ असोज ३ मा विशेष कारणबस प्रदान गर्न नसकिएको मानपद्वी आज प्रदान गरिने जनाएको छ । गत वर्ष नै घोषण गरिए पनि कोरोना संक्रमणका कारण विभूषण वितरण रोकिएको थियो ।

मन्त्रालयका अनुसार महाउज्ज्वल राष्ट्रदीप प्रथम श्रेणी‚ सुप्रसिद्ध प्रवल जनसेवाश्री प्रथम श्रेणी, उज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणीलगायतका पद्वी र अलंकारलगायतका विभिन्न विभूषण प्रदान गर्न लागिएको हो ।

विज्ञप्तीमा संविधान दिवस २०७७ असोज २ मा विभूषणनिम्ति घोषित विभिन्‍न व्यक्तिहरूलाई नयाँ वर्षमा विभूषित गरिने उल्लेख छ । त्यस्तै मन्त्रालयकाअनुसार ०७७ असोजमा विभूषणका निम्ति घोषित व्यक्तिले ०७८ बैशाख १ मा राष्ट्रपति कार्यालय शीतलनिवासमा विभूषित गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?