सांसद बानियाँको प्रश्न : राम्रो बाटो छैन ईलेक्ट्रिक बस कहाँ चलाउने ?

काठमाडौं । बागमती प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश सरकारले ल्याउन लागेको ईलेक्ट्रिक बसका विषयमा आपत्ति जनाएको छ ।

बिहीवारको बैठकमा बोल्दै सांसद ईन्द्र बानियाँले प्रदेशमा आर्थिक तथा प्राविधिक कारणले ईलेक्ट्रिक बस सहज नभएको भन्दै त्यसको विरोध जनाएका हुन् ।

‘सरकारले ल्याएको इलेक्ट्रिक बस प्रक्रिया अगाडी बढाउन हुन्छ जस्तो लाग्दैन मलाई । आज बाटो राम्रो छैन गाडी कहाँ चलाउने ?’ उनले भने । ‘त्यसको विधि प्रक्रियाहरु सरकारले संसदमा जानकारी गराउने कि नगराउने ?’

प्रदेश सरकारले निर्माण कम्पनी खोल्ने कुरा आएको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसको सहमती नहुने बताएका छन् ।
सरकारको प्राथमिकता डँढेलो नियन्त्रणमा हुनुपर्नेमा जोड दिएका छन् ।

यसैगरी सरकारले जनता ठग्ने काम गरेको भन्दै शिक्षा र स्वास्थ निशुल्क बनाउनका लागि सरकारसँग माग गरेका छन् ।
‘यो क्षेत्रमा बस्ने हरेक नागरिकले निशुल्क शिक्षा दिन्छ भनेर प्रस्ताव ल्याउँनुस् हामी सहयोग गर्छौ ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?