सर्वोच्चले भन्नै नहुने कुरा भनिदियो : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले पार्टी पूर्ववत् रुपमा फर्किएकोप्रति असन्तुष्टी व्यक्त गरेका छन् ।

देशव्यापी भ्रमणका क्रममा आज सल्यान पुगेका प्रचण्डले सर्वोच्चले पार्टी पूर्ववत् रुपमा फर्काइदिएर गर्ने नहुने काम गरेको बताए ।

‘हामीले संसद सचिवालय दर्ता गर्नका लागि तयार भएका बेला सर्वोच्चको निर्णय आयो ।’ प्रचण्डले भने- ‘सर्वोच्चले भन्नै नहुने कुरा भनिदियो । सर्वोच्च अदालतले भनेको कुरा मान्न चाँही पर्ने तर पुनर्बिचार गलत हो भन्न नपाइने ।’

कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अब बाँकी जीवन देश विकासमा लाग्ने बताएका छन् । साथै अबको गाउँ गाउँ पुगेर जनताहरुको कुरा सुन्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?