काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले सरकारले निर्वाचन गर्न लागेकाले त्यसलाई प्रतिगमन भन्न नहुने दाबी गरेका छन् ।
बुधवार बसेको प्रदेश सभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री पौडलले त्यस्तो बताएका हुन् ।
बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले सरकारले अगाडी जाने कुरालाई प्रतिगमन भन्न नमिल्ने दाबी गरेका हुन् । बैठकमा मुख्यमन्त्री पौडेलले प्रश्न गर्दै भने- ‘मैले प्रतिगमत बुझेको छैन । के हो प्रतिगमन ? जनताको बीचमा गएर मत लिने काम प्रतिगमन होला र ?’
त्यस्तै पार्टी भित्र आन्तरिक विवाद चरमोत्कर्षमा पुगेपनि सबै जना पूर्ववत् रुपमा जानेमा विश्वास व्यक्त गरका छन् । ‘हामी आज जहाँ भएपनि हिजो जहाँ थियौँ त्यहि हुनेछौँ । मैले माथिका बारेमा धेरै टिकाटिप्पणी गर्न चाहान्न ।’ उनले भने ।
साथै बागमती प्रदेशको सबैको साझा सरकार बनाउनका लागि आग्रह गरेका छन् । ‘यो सरकार बागमती प्रदेश सरकार सबैको साझा सरकार हो भन्ने भावना राखौँ । नचाहिने आरोप कोही कसैले लगाउन पाइदैन । हामी अझै यो देशलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुरामा लागौँ ।’ मुख्यमन्त्री पौडलले भने ।
यसैगरी आज नै मुुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता भएको छ ।
आज बसेको बागमती प्रदेश सभाको बैठकमा सांसद अरुण प्रसाद नेपालले अविश्वासको प्रस्ताव फिर्ता लिएको सभामा जानकारी गराएका थिए ।
सांसदहरुको अवरोधपछि प्रदेश सभाको बैठक बैठक १ बजेसम्मको लागि स्थगित भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया