काठमाडौं । सांसदहरुको अवरोधका कारण बागमती प्रदेशको प्रदेश सभा बैठक स्थगित भएको छ ।
सांसदहरुले सरकारले दिएको जवाफ चित्त नबुझेको भन्दै सभाको अरु कारवाही अगाडी नबढाउन आग्रह गरेका थिए ।
बुधवार बसेको बैठकमा मुख्यमन्त्री डोरमणी पौडेलले सभामा सम्बोधन गर्दै आफू माथि उठेका प्रश्नहरुको जवाफ दिएका थिए । त्यस लगत्तै पूर्व आन्तरिक मामिला मन्त्री समेत रहेका प्रदेश सभा सदस्य शालिकराम जमरकट्टेलले सरकारले दिएको जवाफ चित्त नाबुझेको भन्दै बैठक अगाडी नबढाउन भनेका थिए ।
सभामुखले बैठक १ बजेसम्मको लागि स्थगित भएको जानकारी गराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया