काठमाडौं । बागमती प्रदेशका मुुख्यमन्त्री डोरमणी पौडेलविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता भएको छ ।
आज बसेको बागमती प्रदेश सभाको बैठकमा सांसद अरुण प्रसाद नेपालले अविश्वासको प्रस्ताव फिर्ता लिएको सभामा जानकारी गराएका थिए ।
यसअघि मुख्यमन्त्री पौडेलले सभालाई सम्बोधन गर्दै आफूमाथि उठेका प्रश्नहरुको उत्तर दिएका थिए ।
अविश्वासको प्रस्ताव फिर्ता लिनका लागि सभामुखले रुलिङ गरेको थिए । त्यहि बेलामा सांसद शालिकराम जमर्कट्टे लगायतका सांसदहरुले उठेर आफूहरुले बोल्न पाउनुपर्ने भन्दै नाराबाजी गरेका थिए । अहिले प्रदेश सभाको बैठक जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया