काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि खारेजको माग गर्दै नेपाली कांग्रेस (वीपी) ले गरेको प्रदर्शनका क्रममा ९ जना नेता कार्यकर्ता पक्राउ परेका छन् ।
नेपाल आयल निगमको गेटमा शान्तिपूर्ण धर्नाबस्दा प्रहरीले पक्राउ गरेर पुलिस क्लब भृकुटीमण्डपमा राखेको हो ।
पक्राउ पर्नेमा केन्द्रीय सदस्यहरु श्यामबहादुर गुरुङ, प्रधुम्न कार्की, दुर्गा घिमिरेसहित नेताहरु रोमन पुरि, सर्वजित शेरचन, विरबहादुर बम्जन, धना आचार्य , कुमणि श्रेष्ठ र सुशिलराज वाग्ले रहेका छन् ।
कांग्रेस बिपीले पक्राउ परेकाहरुको तत्काल रिहाइको माग गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया