काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पुनस्थापित संसद फेरि विघटनको खेल शुरु भएको बताएका छन् ।
राष्ट्रिय जनमोर्चाको चौथौ राष्ट्रिय सम्मेलन बुटवलमा शुरु भएको भेलाई सम्वोधन गर्दै केसीले सरकारले संसदलाई विनेश दिन नचाहेको उल्लेख गर्दै देशलाई निकास दिन प्रधानमन्त्रीले राजीनामा दिनुको विकल्प नभएको दोहो-याए ।
सरकारको असफलताका कारण नेपालमा बाह्य शक्ति सक्रिय भएको दाबी गर्दै भारतले नेपालमा अस्थिरता चाहेको आरोप लगाए ।
नेपालमा जबरजस्ती एमसिसी ल्याएर अमेरिकारले नेपालको परराष्ट्र नीति भत्काएर नेपाललाई चीन विरोधी अखडा बनाउन खोजेको भन्दै नेपालमा हिन्दू राष्ट्र कायम गर्न खोज्ने भारत र एमसिसी ल्याएर अमेरिकी सेना नेपाल भित्र्याउन खोजेको बताए । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा सांसद दुर्गा पौडेलले सरकारको असफलताका कारण मुलुकले संकट भोन्नु परेको बताइन् ।
अनियमितता, भ्रष्टाचार, महङीले सीमा नाघेको उल्लेख गर्दै हत्याहिंसाका घटनामा संलग्नहरुलाई सरकारले कारावाही गर्न नसकेको बताइन् । तीन दिनसम्म चल्ने सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने छ । सम्मेलनमा ७१ जिल्लाबाट ३ बढीको प्रतिनिधित रहेको सो पार्टीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया