काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता सामु आत्मआलोचना गरेका छन् ।
आज ३२ औँ जनआन्दोलन दिवसका अवसरमा रुकुममा भएको जनप्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले जनआन्दोलनमा खटिएकाहरुको माग सम्बोधन गर्न नसकेको भन्दै अब त्यसबारे सोच्ने बताए ।
गृहमन्त्री रामबहादुर थापा बादललाई लक्षित गर्दै प्रचण्डले आफैलाई बम हान्ने मानिसलाई गृहमन्त्री बनाएको भन्दै आत्मआलोचित भएको बताए ।
‘२०७० सालको निर्वाचनमा म माथि बम प्रहार भयो । म झण्डै मरेको थिए । कुनै बेला बम प्रहार गर्ने मान्छेलाई गृहमन्त्री बनाए । सचिवालय सदस्य बनाए । मैले गल्ति गरेँ ।’ प्रचण्डले भने ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले केही दिनभित्र आफूहरुले सरकार कब्जा गर्ने उद्घोष गरेका छन् ।
‘हामी केहि दिनमा सरकार कब्जा गर्ने ठाउँमा जानेछौँ । हामी छलफलमा छौँ । यो कार्यक्रमपछि पनि छलफल गर्ने छौँ । प्रतिक्रान्तीकारीहरुलाई भन्न चाहान्छौँ हामी सरकार कब्जा गर्नेछौँ ।’ प्रचण्डले भने ।
त्यस्तै आफूले प्रधानमन्त्री केपी शर्मा ओलीले हारेको र आफू जनतामा गएकाले जितेको बताएर रुकुम आएको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने- ‘तपाईहरु रुकुमेली जनताहरुको बीचबाट भन्न चाहान्छु प्रगिमागी तत्वहरु खबरदार ।’
त्यस्तै आफू जनताहरुको काखमा जानका लागि काठमाडौं भन्दा बाहिरका जिल्ला जिल्लामा जान चाहेको बताएका छन् ।
‘अब म थोरै समय काठमाडौं र धेरै समय जिल्ला जिल्लामा जानेछु ।’ उनले भने- ‘म कुनै हालतमा झुक्ने छैन । आज पुन जनताको काखमा जान चाहान्छु । म रुकुमका केही गाउँहरु घुम्न चाहेको छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया