कर्णालीमा तीन मन्त्रीले राजीनामा दिएसँगै मुख्यमन्त्री शाहीको पद धरापमा

काठमाडौं । नेकपा एमालेका तीन जना मन्त्रीहरुले राजीनामा दिएसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद धरापमा परेको छ ।

तीनै जना मन्त्रीहरुले केहीबेर अघि मात्रै शाही समक्ष राजीनामा बुझाएका हुन् ।

राजीनामा दिनेमा कर्णाली प्रदेश सरकारमा एमालेका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा रहेका छन् ।

राजीनामा बुझाएसँगै उनीहरु गाडि छाडेर पैदल हिडेर एमालेको संसदीय दलको बैठकमा सहभागि हुने भएका हुन् ।

राजीनामा बुझाएपछि उनीहरूले मन्त्रीका हैसियतले पाएको सेवा सुविधा पनि त्यागेका छन् ।

प्रदेशमा आफू अल्पमतमा परेपनि मुख्यमन्त्री शाहीले भने आफूसँग सरकार टिकाउने विभिन्न विकल्पहरु रहेको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?