काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी भित्र देखिएको तिक्तता शिदान्तको लडाई भएको बताएका छन् ।
आज नेपाल पक्षको बागमती प्रदेश कमिटीले गरेको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले त्यस्तो बताएका हुन् ।
त्यस्तै बैठकलाई सम्बोधन गर्दै नेता नेपालले आफूहरु पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली भन्दा सबै कुरामा फरक भएको स्पष्ट पारेका छन् ।
नेता नेपालले भने- ‘हामी केपी ओली भन्दा भिन्न छौँ । हामी गालीगलौजमा विश्वास गर्दैनौ । यो विचारको लडाई हो । यो कम्युनिष्ट पार्टीलाई कमजोर बनाउने कि बलियो बनाउने भन्ने लडाई हो यो । कम्युनिष्ट पार्टीलाई बलियो बनाउने लडाई हो यो ।’
यसैगरी विभिन्न जिल्लामा कमिटी घोषणा गर्ने कार्यक्रम रहेको नेता नेपालले जानकारी दिए । अर्घाखाँचीले सबैभन्दा पहिला जिल्लाको समानान्तर कमिटी घोषणा गरिएको नेता नेपालले जानकारी दिए ।
त्यस्तै नेता कार्यकर्ताहरुले पार्टीमा जस्तै परिस्थिति आएपनि आफूलाई निराश नहुन भनेको र आफू त्यहि अनुसार अगाडी बढेको साथै अवस्थ विजयी हुने दाबी गरे ।
‘बेला बेला कम्रेडहरुले भन्ने गर्नुहुनेछ । तपाई चिन्तित नहुनु भन्नु भएको छ । हामी अवस्य पनि विजयी हुनेछौँ ।’ नेता नेपालले भने ।
त्यस्तै अब छिट्टै राष्ट्रिय योजनाको घोषणा र अन्तरपार्टी निर्देशीका समेत जारी गर्ने तयारी रहेको जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया