काठमाडौं । नेपाली कांग्रेसकी सांसद डिला संग्रौला पन्तले जापान जानबाट रोकिएका विद्यार्थीहरुको समस्या समाधान गर्न सरकारसँग माग गरेकी छिन् ।
‘जापान जानका लागि सिओई लेटर पनि आइसकेको र विश्वविद्यालयले मागेको शुल्क पनि पठाइसकेको र आफ्ना विश्वविद्यालयमा पढ्नका लागि योग्यता प्रमाणपत्रपनि थुपै नेपाली विद्यार्थीहरु उच्च शिक्षा हासिल गर्नबाट बञ्चित भएका छन् । जापान सरकारसँग कुटनीतिक वार्ता गरि उनीहरुको समस्या चाडो भन्दा चाँडो वातावरण बनाउन माग गर्दछु ।’ उनले भनिन् ।
त्यस्तै उनले प्रधानमन्त्रीको राजीनामा मागेकी छिन् । प्रिन्टिङ प्रेस खरिदमा ७० करोड भ्रष्ट्राचार, स्वास्थ्य सामाग्रीमा भ्रष्ट्राचार भएको आइरहेको बताउँदै सरकार त्यसलाई बचाउन लागेको भन्दै आक्रोश व्यक्त गरेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया