पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध नेविसंघले निगमको कार्यालय घेराउ गर्ने

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रदर्शन गर्ने भएको छ ।

ओली नेतृत्वको सरकारले बारम्बार पेट्रोलियम पदार्थको भाउ बढाएको भन्दै नेविसंघले दिउँसो नेपाल आयल निगम घेराउ गर्न लागेको हो ।

नेविसंघ केन्द्रीय कार्यसमितिले दिउँसो २ः३० बजे निगमको केन्द्रीय कार्यालय घेराउ गर्न लागेको जनाएको छ ।

निगमले आइतवार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको छ । त्यसको विरुद्धमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका विद्यार्थीहरुले समेत विरोध प्रदर्शन गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?