काठमाडौं । नेकपा एमालेबाट कर्णाली सरकारमा रहेका तीन जना मन्त्रीले राजीनामा दिने भएका छन् ।
आज बसेको एमाले संसदीय दलको बैठकले सरकारमा सहभागी बनेका तीन जना मन्त्रीलाई सोमवार सम्म राजिनामा गराउने निर्णय गरेको हो।
एमालेले तीन जना मन्त्रीहरूलाई २४ घण्टामा राजीनामा दिन र नयाँ सरकार गठनको प्रक्रियामा सहज वातावरण बनाउने निर्देशन दिएको छ ।
यसअघि गत चैत ४ गते पनि कर्णाली प्रदेश एमाले संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकमा कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको थियो । यसअघिको बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरु उपस्थित रहेका थिएनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया