काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललले अध्यक्ष केपी शर्मा ओली कहिल्यै नसुध्रिने बताएका छन् ।
आइतवार एमालेको झलनाथ खनाल–माधव नेपाल पक्षको काठमाडौं जिल्लाको समानान्तर कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीको कार्यशैली सुधारका लागि धेरै प्रयास गर्दा पनि सफल हुन नसकेको बताएका हुन् ।
‘ओलीको कार्यशैली र व्यवहार देखेर नेता बामदेव पनि थाकिसक्नुभयो, अब उहाँपनि हामीसँगै आउनुहुन्छ’, नेता नेपालको भनाई छ । नेता नेपालले ओलीले पार्टी बनाउन नचाहेको भन्दै गुट र भजनमण्डली बनाउन लागिपरेको समेत बताए ।
नेता नेपालले नेताहरु मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनालीमध्ये धेरै ओलीको पूर्वाग्रही प्रवृतिको शिकार भएको समेत बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया