काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरबीच भेटघाट भएको छ ।
आइतवार (आज) बिहान साढे ८ बजे ठाकुरलाई भेट्न पौडेल ठाकुरको निवास हात्तीवन पुगेका थिए ।
भेटघाटमा नयाँ सरकार गठनका विषयमा कुराकानी भएको स्रोतले जनाएको छ ।
सरकार गठनका विषयमा मौन बनेको कांग्रेसले शुक्रवार प्रधानमन्त्रीको राजीनामा माग्ने र नयाँ सरकार गठनका लागि अग्ररता लिने निर्णय गरेसँगै पौडेलले ठाकुरलाई भेटेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ठाकुरलाई सरकार गठनका लागि साथ दिन आग्रह गरिरहेका छन् । तर कांग्रेसका अनिर्णयका कारण आफूहरुले थप निर्णय गर्न नपाएको भनिरहेको जसपाले कांग्रेसको शुक्रवारको निर्णयसँगै सरकार गठनका विषयमा नेताहरुसँग छलफललाई तीव्र बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया