काठमाडौँ- एमाले संसदीय दलको बैठकमा आज ६ जना नयाँ अनुहार देखिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा नेता माधव कुमार नेपाल पक्षीय ४ सांसद पनि सहभागी भएका छन् । नेपाल पक्षीय सांसदहरु कृष्णभक्त पोखरेल, सोम पाण्डे, यज्ञराज सुनुवार र जीवनराम श्रेष्ठ बैठकमा सहभागी भएका हुन् । नेपालका विश्वासपात्र मानिने पोखरेलले नेपाल लगायतले पार्टी फुटाउन खोजेकाले आफू सो समूह छाडेर ओलीतिर लागेको बताए ।
यस्तै गृहमन्त्री रामबहादुर थापा बादल पनि बैठकमा सहभागी भएका छन् । पूर्व माओवादी नेता उनी एमाले संसदीय दलको बैठकमा सहभागी भएका छन् । सर्वोच्चको फैसलासँगै एमाले र माओवादी ब्यूँतिएपनि उनी एमालेमै रहेका छन् ।
यस्तै एमाले उपाध्यक्ष वामदेव गौतम पनि आजको बैठकमा सहभागी भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया