काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अन्तिम किस्ताबाट शान्तिपूर्ण युगमा प्रवेश गरेको बताएका छन् ।
शुक्रवार विप्लव समूहसँगको सहमती पत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विप्लवलाई भूमिगत राजनीतिबाट आएकोमा स्वागत गर्दै बधाई समेत दिएका छन् ।
नेपालमा हिंसात्मक द्वन्द नभएको भन्दै जनताले सम्पूर्ण क्षेत्रको शान्ति खोजेको बताए ।
‘नेपाली जनताले सम्पूर्ण शान्ति खोजेको छ । अन्तिम किस्तामा नेपाल शान्तिपूर्ण यूगमा प्रवेश गरेको छ । अब नेपालमा हिंसात्मक द्वन्द छैन् । नेपालमा हिसांका शान्तिपूर्ण देश हो र द्वन्द छैन र शान्ति छ ।’ प्रधानमन्त्री ओलीले भने ।
केही समय अघि संयुक्त राष्ट्र संघले सार्वजनिक गरेको प्यारामिटरमा नेपाल शान्तिपूर्ण देशमा रहेको बताउँदै प्रधानमन्त्री ओलीले त्यसलाई बढाउन विप्लवले भूमिका खेलेको दाबी गरेका छन् ।
त्यस्तै शान्तिपूर्ण राजनीतिबाट विप्लवले नेपाली जनताको मन जितेको प्रधानमन्त्री ओलीले प्रशंसा गरेका छन् ।
प्रधानमन्त्री ओलीले भने-उहाँले एउटै कदमबाट नेपाली जनताको मन जित्नुभयो ।’
विप्लव पक्षसँग वार्ता गर्नका लागि आफूले १०र१२ वर्षदेखि पहल गरेको र घण्टौसम्म कुराकानी गरेको बताए ।
‘यो सेफ ल्याण्डिङ हो । यो क्रयासल्याण्डिङ होइन । हामीले वार्ता वार्ता झै गर्यौँ । गम्भीरताको साथ गर्यौँ । यस विश्वासको थालनी गरेको १०र/१२ वर्ष भएको थियो । केही घण्टा नै कुरा गरेका थियौँ ।’ प्रधानमन्त्री ओलीले भने ।
आफूले विभिन्न पक्षलाई राजनीतिक वार्तामा ल्याएको बताउँदै अब विप्लव समूहले शान्तिपूर्ण ढंगले आफ्नो क्रियाकलाप अगाडि बढाउने बताए । ‘उहाँहरुले शान्ति ढंगपूर्णबाट आफ्नो क्रियाकलाप गर्नुहुनेछ । यसले नेपाललाई अब नयाँ दिन मात्रै होइन एउटा युगमा पुर्याएको छ ।’ सिके राउतलाई मुलधारमा ल्याएको उदाहरण दिँदै विप्लव समूह र आफूहरुको उदेश्य सुखी नेपाली समृद्ध नेपाल रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया