जनैपूर्णिमा तथा रक्षाबन्धन आज, देशभर धार्मिक विधिपूर्वक मनाइँदै

लोकपथ
0
Shares

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीहरूले आज जनैपूर्णिमा (ऋषि तर्पणी) तथा रक्षाबन्धन पर्व श्रद्धापूर्वक मनाउँदैछन् ।

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमामा बिहानैदेखि नदी, ताल, तलैया तथा विभिन्न पवित्र कुण्डमा स्नान गर्ने चलन छ । स्नानपछि गुरु–पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्ने गरिन्छ ।

तागाधारी समुदायले आज पुरानो जनै फेरेर विधिपूर्वक मन्त्रिएको नयाँ जनै धारण गर्ने परम्परा छ । यस अवसरमा काठमाडौंको पशुपतिनाथलगायत देशभरका विभिन्न धार्मिक तथा शक्तिपीठमा भक्तजनको भीड लाग्ने गरेको छ ।

त्यस्तै, तराईसहित विभिन्न समुदायमा दिदीबहिनीले दाजुभाइको नाडीमा रक्षाबन्धन बाँधेर दीर्घायु, सुख र समृद्धिको कामना गर्ने चलन पनि रहेको छ । जनैपूर्णिमालाई धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पर्वका रूपमा मनाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?