काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भोटेकोसी बाढीबाट प्रभावित नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तयार रहेको बताएका छन् ।
अमेरिकी समाचार संस्था एनबीसी न्यूजका अनुसार बिहीबार ह्वाइट हाउसमा आयोजित कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
‘नेपाललाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न अमेरिका तयार छ,‘ट्रम्पले भनेका छन् ।
भोटेकोसी बाढीबाट नेपालमा भएको क्षतिबारे अधिकारीहरूबाट जानकारी लिएपछि आफूले सहयोगका लागि अमेरिका तयार रहेको जानकारी गराएको पनि ट्रम्पले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया