काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि १ करोड अमेरिकी डलर (करिब १ अर्ब ५२ करोड रुपैयाँ ) सहयोग घोषणा गरेको छ ।
यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानको निर्देशनमा उक्त सहयोग घोषणा गरिएको हो । यो सहायता यूएई सहायता एजेन्सीमार्फत उपलब्ध गराइनेछ ।
एजेन्सीका टोलीले नेपालका स्थानीय अधिकारी तथा अन्तर्राष्ट्रिय संस्थासँग मिलेर राहत तथा मानवीय सहयोगमा काम गरिरहेका छन् ।
यूएई सहायता एजेन्सीका अध्यक्ष डा। तारिक अहमद अल अमिरीले विपद्का बेला नेपाललाई सहयोग गर्नु यूएईको मानवीय सहयोग र अन्तर्राष्ट्रिय ऐक्यबद्धताप्रतिको प्रतिबद्धताको हिस्सा भएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया