एनआईसी एशिया बैंकबाट सरकारी राहत कोषमा २ करोड २१ लाख सहयोग

लोकपथ
0
Shares

काठमाडौं । एनआईशी एशिया बैंकले बाढी प्रभावितको सहयोगार्थ २ करोड २१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

बैंकका अनुसार बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत २ करोड र सञ्चालक तथा कर्मचारीहरुबाट जम्मा भएको २१ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको हो ।

आज बैंकका अध्यक्ष अशोक कुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजित कुमार शाक्यले संयुक्त रुपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

बुधबार रसुवास्थित भोटेकोशीमा आएको बाढीका कारण प्रभावितहरुका उद्धार तथा राहतका लागि सरकारले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोगको आह्वान गरेको छ । त्यसमा व्यक्ति, निजी क्षेत्र, बैंक तथा वित्तीय क्षेत्र लगायत विभिन्न क्षेत्रबाट सहयोग आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?