रामचन्द्र पौडेलको प्रहार: प्रधानमन्त्री ओलीलाई चुनौति, सभापति देउवा दनक

काठमाडौँ–  नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको कुर्सी छोडेर आन्दोलनमा आउन चुनौति दिएका छन्।

आइतबार सप्तरीको राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पौडेलले प्रधानमन्त्री ओलीले अदालतलाई धम्क्याउनु आपत्तिजनक भएको भन्दै आन्दोलनको धम्की नदिन ओलीलाई सुझाब दिए।  पौडेलले भने, ‘म सप्तरीको राजविराजबाट प्रधानमन्त्रीलाई आह्वान गर्छु प्रधानमन्त्रीको कुर्सी छोडेर आन्दोलनमा आउनुस्! हेरौं कस्तो आन्दोलन गर्नुहुन्छ?’

प्रतिनिधिसभा पुनःस्थापना हुने बितिक्कै ओली समाप्त हुने पौडेलको भनाइ थियो। उनले प्रधानमन्त्री ओलीलाई लोकतन्त्रका लागि खतरा भएको जिकिर गरे।

वरिष्ठ नेता पौडेलले प्रतिनिधिसभा पुनःस्थापना हुनेमा ढुक्क रहेको बताए। ‘कोही भ्रममा नरहँदा हुन्छ, प्रतिनिधिसभा विघटन असंवैधानिक हो, पुनर्स्थापनाले मात्र संर्वाधिक हुनसक्छ,’ पौडेलले भने, ‘जतिसुकै सेटिङ गरेपनि अदालत संबिधान बाहिर गएर फैसला गर्न सक्दैन।’

प्रतिनिधिसभा पुनर्स्थापना हुनेबित्तिकै ओली समाप्त हुने भएकले आन्दोलनको धम्की दिएको पौडेलको भनाइ छ । जतिसुकै सेटिङ गरे पनि अदालतले संविधानबहिर गएर फैसला गर्न नसक्ने उल्लेख गर्दै उनले भने,‘संविधानमा जे छ अदालतले पनि त्यही गर्ने हो ।’

संविधानलाई अदालतले उल्ट्याउन नसक्ने बताउँदै पौडेलले संसद् पुनर्स्थापना नभए नेपालमा अनर्थ हुने बताए ।

शनिबार विराटनगरमा पार्टीके आमसभामा सम्बोधन गर्दै प्रधानमन्त्रीले संसद पुनर्स्थापना भए आन्दोलनमा जानुको विकल्प नभएको बताएका थिए ।

वरिष्ठ नेता पौडेलले ००७ सालदेखि हालसम्मको आन्दोलनमा मधेसको ठूलो योगदान रहेकाले उनीहरुको सम्मानका लागि आफू मधेस सम्मानयात्रामा निस्केको दाबी गरे ।

यस्तै वरिष्ठ नेता पौडेलले संसद विघटनविरुद्ध आन्दोलनमा जान पैसाले नरोक्ने भन्दै सभापति शेरबहादुर देउवालाई जवाफ फर्काएका छन् । ‘लोकतन्त्र र संविधानको रक्षामा कांग्रेस लाग्नुपर्छ। आन्दोलन पैसाले गर्ने होइन, यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिँदै नहिँड्नुहोस्’, उनले भने। उनले संसद विघटनविरुद्ध आन्दोलन गर्न बैठकमा आग्रह गर्दासमेत नेतृत्वले नसुनेको गुनासो गरे। ​

सभापति देउवाले पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै आफ्नो पार्टीसँग पैसा नभएकाले आन्दोलनमा जान नसक्ने बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?