काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपराष्ट्रपति नन्द बहादुर पुन र सभामुख अग्नी प्रसाद सापकोटा सरकार विरुद्ध बोल्दै हिँडिरहेको बताएका छन् ।
विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले उपराष्ट्रपति नन्द बहादुर पुन सरकारविरुद्ध भाषण गरिरहेको बताएका हुन् । उनले भने, ‘उपराष्ट्रपति सरकारविरुद्ध भाषण गरिरहेका छन्, उनको पद सरकारको विरोध गर्दै हिँड्ने होइन।’
साथै उनले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्ष मुद्दा हाल्दै हिँडेको भन्दै सभामुख अग्नी सापकोटाले समेत झगडिया बनेर मुद्दा हाल्दै हिँडेको बताए।
उनले भने, ‘सभामुख बनाएको व्यक्ति नै सरकारविरुद्ध मुद्दा हाल्दै हिँडिरहेका छन्, सभामुख झगडिया हुन जानु भयो।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया