रोनाल्डोको गोलमा युभेन्टस विजयी

लोकपथ
0
Shares

काठमाडौं । इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्टसले सहज हात पारेको छ । शनिवार राति भएको खेलमा युभेन्टसले रोमालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा युभेन्टसलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र रोजर इबानेजले एक एक गोल गरे ।

Image

खेलको १३ औं मिनेटमा रोनाल्डोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ६९ औं मिनेटमा रोजरले गोल गर्दा युभेन्टस २-० ले विजयी भयो ।

जितसँगै युभेन्टस लिगको तेस्रो स्थानमा उक्लिएको छ । युभेन्टसले २० खेलमा ४२ अंक जोडेको छ । युभेन्टस शीर्ष स्थानको इन्टर मिलान भन्दा ५ अंकले पछाडी रहेको छ ।

रोमा ४० अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?