काठमाडौं । नेपाली जनसम्पर्क समिति अमेरिकाद्वारा विभिन्न तीन जिल्लामा पार्टी कार्यालय भवन निर्माणको लागि पठाइएको आर्थिक सहयोग नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोईरालाले हस्तान्तरण गरेका छन् ।
बुधवार महामन्त्री कोईरालाले तीनै जिल्लाका पार्टी सभापति तथा प्रतिनिधिहरुलाई आफ्नै निवासमा बोलाएर सो रकम हस्तान्तरण गरेका हुन्।
रामेछाप र ओखलढुंगा जिल्ला पार्टी कार्यालय भवन निर्माणको लागि र रोल्पा जिल्लामा सुशील कोईराला स्मृति भवन निर्माणको लागि सहयोग गरिदिन अनुरोध आएकोले नेपाली जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय कार्यसमितिको बैठकले आर्थिक सहयोग गर्ने निर्णय गरे बमोजिम रकम संकलन गरी पठाइएको जनसम्पर्क समिति अमेरिकाका सभापति धनन्जय नरसिंह केसीले बताए।

रामेछाप जिल्ल्लामा निर्माणाधीन वीपी स्मृति भवनको लागि पठाइएको एक लाख रुपैयाँ नेपाली कांग्रेस रामेछाप जिल्ला सभापति लवश्री न्यौपानेले, ओखलढुंगा लागि पठाइएको पचास हजार रुपैयाँ नेपाली कांग्रेस ओखलढुंगाका महाधिवेशन प्रतिनिधि तथा जनसम्पर्क समिति समन्वय विभागका सदस्य पेमा शेर्माले त्यस्तै रोल्पा जिल्लामा निर्माणाधीन सुशील कोइराला स्मृति भवनको लागि पठाइएको पचास हजार रुपैयाँ नेपाली कांग्रेस रोल्पाका सभापति अमर पुनलाई हस्तान्तरण गरिएको नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव सुभाष घिमिरेले बताए ।
उक्त रकम हस्तान्तरण कार्यक्रमको संयोजन प्रजातान्त्रिक समाजका सभापति एवं नेपाली कांग्रेस महासमिति सदस्य डा. केदारनरसिंह केसीले गरेका थिए । नेपाली जनसम्पर्क समिति अमेरिकाले यस अघि पनि विभिन्न जिल्लाका बाढी पिडितहरुको लागि आर्थिक सहयोग गरेको समितिकी कोषाध्यक्ष क्रान्ति अर्याल भण्डारीले बताइन् ।
सहयोग रकम बुझे पश्चात रामेछाप र रोल्पाका सभापतिद्वय लवश्री न्यौपाने र अमर पुन तथा ओखलढुंगाका नेता शेर्पाले नेपाली जनसम्पर्क समिति अमेरिकालाई धन्यवाद प्रकट गरेका छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया