पार्टी एकता भएको दिनबाटै प्रधानमन्त्री ओलीविरुद्ध षड्यन्त्र रचियो : नेता बस्नेत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता महेश बस्नेतले ओली समूहले बनाएको केन्द्रीय समितिको विस्तार नभइ महाधिवेशन आयोजक समिति रहेको बताएका छन् । शनिवार ओली पक्षीय युव संघले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सो कुराको जानकारी दिएका हुन् ।

‘केन्द्रीय समिति विस्तार भनेर केही भ्रम रहेको पाइयो । यसमा पनि प्रष्ट पार्ने देखियो । हामीले विस्तार गरेको केन्द्रीय समिति होइन । महाधिवेशन सम्पन्न गर्न आयोजक समिति गठन गरेको हो । यद्यपी यसका सदस्यको हैसियत केन्द्रीय समितिकै सदस्यको जस्तै भने हुन्छ । ’ उनले भने ।

साथै, उनले सरकार निर्माण भएदेखीनै प्रचण्ड नेपाल समूहले षड्यन्त्र रचेको आरोप लगाएका छन् । उनले तत्कालीन एमाले र माओबादीको पार्टी एकता भएदेखी नै ओलीविरुद्ध प्रचण्ड र माधवकुमार नेपालले षड्यन्त्र रच्न शुरु गरेको आरोप उनले लगाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?