प्रचण्ड-नेपाल पक्षले निर्वाचन आयोगमा बुझायो २९५ जनाको हस्ताक्षर

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले निर्वाचन आयोगमा २९५ जनाको हस्ताक्षर बुझाएको छ।

दलको आधिकारिकताका लागि अध्यक्ष प्रचण्ड, नवनियुक्त अध्यक्ष नेपाल, वरिष्ठ नेता झलनाथ खनालले आफ्नो समूह लिएर कान्तिपथस्थित आयोगको कार्यालय पुगेर आधिकारिक हस्ताक्षर बुझाएका हुन् । आयोगमा नेकपाको बहुमत सदस्यहरूको समर्थन रहेकाले आफूहरू नै आधिकारिक नेकपाको धार रहेको दाबी यस पक्षले गरेको छ ।

आयोगका पदाधिकारीले दलको आधिकारिकताबारे छिट्टै निर्णय हुन्छ भनेर आश्वासन दिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। यसअघि प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्षले पनि आयोगमा बहुमत केन्द्रीय सदस्यहरूको सहभागिता रहेको भन्दै आधिकारिकता दाबी गरी  पत्राचार गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?