गृहमन्त्री थापाको आरोप- ‘पार्टी फुटाई छाडने कसम खाएकाहरूले हाम्रो अनुनय विनय सुनेनन्’

काठमाडौँ- गृहमन्त्री समेत रहेका नेकपाका सचिवालय सदस्य रामबहादुर थापाले पार्टीलाई जोगाउन पटकपटक अनुनयविनय गर्दा समेत नसकिएको बताएका छन् ।

अन्तिम समय सम्म पनि प्रयास गर्दा समेत नसकेपछि अहिलेको अवस्था आएको थापाले बताएका हुन् । पार्टीलाई फुटाउन सपथ खाएकाहरुसँग जति अनुनयविनय गरेपनि सम्भव नभएको उनले बताए  ।

उनले भने, ‘हामीले फुटवादीहरुलाई आन्दोलनलाई विभाजित गर्ने प्रतिगामीहरुलाई हामी परास्त गर्न सकिन्छ । उनीहरुलाई हामीले एकस्पोज गर्न सकिन्छ । त्यसकारण मध्यावधिक निर्वाचन नयाँ आन्दोलन, नयाँ अभियान एकताको निम्ति जरुरी छ । अरु तरिकाले हामीले विभाजित समूहलाई एकीकृत गर्नेृ प्रयत्न ग¥यौं । तर सम्पूर्ण प्रयत्नहरु असफल सिद्ध भए । हामीले स्थायित्व कायम गर्नका निम्ति स्थिरता कायम गर्नको निम्ति हामीले धेरै तरिकाले प्रयत्न ग¥यौं । धेरै उपायहरु अपनायौं । पछिल्लो चरणमा अन्तिम सम्ममा पनि कोशिष ग¥यौं । यो पार्टीलाई विभाजित गर्नेहरुसँग हामीले अनुनयविनय पनि ग¥यौं । पार्टीलाई विभाजन गर्ने, नेतृत्वलाई विस्थापित गर्ने सरकारको नेतृत्वलाई अपदस्त गर्ने कुरा पुटवाद हो । यसरी नेतृत्वलाई विस्थापित गर्ने अपदस्त गर्ने वा परिवर्तन गर्ने, नेतृत्व निर्माण गर्ने त्यसको आफ्नो बैज्ञानिक र क्रान्तिकारी विधि प्रक्रियाहरु ह्ुन्छ त्यो ढंगले गरौं । हामीले अन्तिम सम्म पनि अनुनय विनय गरेको हो तर उहाँहरुले त्यो कुरा मान्नु भएन । उहाँहरुले पार्टीलाई फुटाई छाडने कसम खानुभएको थियो । उहाँहरुले यो सकरारलाई अपदस्त गर्ने सपथ ग्रहण गर्नुभएको थियो । उहाँहरुले अन्ततः त्यही गर्नुभयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?