काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड – नेपाल पक्षका अध्यक्ष घोषणा गरिएका माधवकुमार नेपालले संविधान, लोकतन्त्रको मूल्य र मान्यताको रक्षाका लागि सबैलाई उत्प्रेरित गर्न संयुक्त आन्दोलन गर्ने घोषणा गरेका छन् ।
पार्टीको जारी केन्द्रीय कमिटीको बैठकलाई आज बिहीबार सम्बोधन गर्दै अध्यक्ष नेपालले गणतन्त्रलाई जोगाउने, कानूनी राज्यको मूल्य र मान्यतालाई व्यवहारमा रुपान्तरण गर्न पार्टीले मूख्य भूमिका निर्वाह गर्ने विश्वास दिलाउँदै आन्दोलनको घोषणा गर्ने बताएका हुन् ।
बैठकमा उनले भने, ‘अहिलेको अवस्थामा संविधान मिचिएको, नेपाली जनताले रगत, पसिना बगाएर, जीवनको आहुति दिएर संविधानसभाका माध्यमबाट नेपाली विशेषता र आवश्यकताको संविधान बनाएका भए पनि त्यसलाई कुल्चने काम भएको छ । ‘यो संविधान विगतको परम्परालाई धानिरहेको संविधान होइन ।’
पार्टीका नेताहरुको गतिविधिलाई जनताले हेरिरहेको उनको भनाई थियो । आजको बैठक पार्टीको संगठन र संगठनको तत्कालीन कार्ययोजनाबारे केन्द्रित हुने बताइएको छ । बैठक जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया