काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहको संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् ।
बुधवार (आज) संसद भवन बानेश्वरमा बसेको बैठकले प्रचण्डलाई उक्त समूहको संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको हो ।
बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रचण्डलाई संसदीय दलको नेताका लागि प्रस्ताव गरेका थिए । भने बैठकमा उपस्थित सांसदहरुले त्यसलाई सर्वसम्मतले पारित गर्दै प्रचण्डलाई दलको नेतामा चयन गरेका हुन् ।
यसअघि तत्कालिन एमाले र माओवादी एकिकरणपछि दलको नेतामा प्रधानमन्त्री केपी शर्मा ओली रहेका थिए । यसअघि मंगलवार बसेको प्रचण्ड नेपाल समूहको बैठकले ओलीलाई अध्यक्षबाट हटाउँदै नेपाललाई अध्यक्ष घोषणा गरेको थियो ।
आजको बैठकमा आजको बैठकमा १७४ मध्ये ९३ सांसदको उपस्थिती रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया