नेकपाका मनोनित केन्द्रीय सदस्यहरुको प्रशिक्षणमा खटिए नेता

RSS
0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नवनिर्वाचित केन्द्रीय सदस्य तथा पार्टीका अगुवा कार्यकर्तालाई प्रशिक्षण गर्न थालेको छ । केन्द्रीय कमिटीमा मङ्गलवार सातै प्रदेशका मनोनित केन्द्रीय सदस्य र पार्टीका अगुवा कार्यकतालाई आज र भोलि(बुधवार र बिहीवार) काठमाडौंमा दिन थालेको छ ।

प्रशिक्षणका लागि नेकपाले विभिन्न नेतालाई खटाएको छ । सातै प्रदेशका केन्द्रीय सदस्यलाई विभिन्न स्थानमा प्रशिक्षण दिन थालिएको पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । सोअनुसार प्रदेश नं १ मा सुवास नेम्वाङ, ज्ञवाली, मणिचन्द्र थापा र डा शिवमाया तुम्वाहाम्फे, प्रदेश नं २ मा ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतो, वाग्मती प्रदेशमा पोखरेल, टोपबहादुर रायमाझी र पद्माकुमारी अर्याल तथा गण्डकी प्रदेशमा रायमाझी, पृथ्वीसुब्बा गुरूङ, किरण गुरूङ र सीता पौडेलले प्रशिक्षण दिनेछन् ।

यस्तै लुम्बिनी प्रदेशमा महासचिव विष्णुप्रसाद पौडेल, शङ्कर पोखरेल, थापा र गोमा देवकोटा, कर्णाली प्रदेशमा शङ्कर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य तथा सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, ज्ञवाली, कर्णबहादुर थापा र डा विन्दा पाण्डेले प्रशिक्षण दिने जनाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलवार भएको केन्द्रीय कमिटी बैठकले एक हजार १९९ केन्द्रीय कमिटी बनाएको थियो । तिनमध्ये ५५६ जनालाई मङ्गलवार नै केन्द्रीय कमिटीमा मनोनयन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?