काठमाडौँ- संयुक्त विद्यार्थी संगठनले सरकारको पछिल्लो कदमको विरोध गरेका छन् ।
संयुक्त विद्यार्थी संगठनको आज लैनचौरमा बसेको बैठकले प्रतिनिधिसभा विघटनको सिफारिस तथा राष्ट्रपतिले गरेको विघटनको विरोध गरेको हो । जनताको जीवनरक्षाप्रति लाग्नुपर्ने बेलामा संसद विघटनमा लागेको भन्दै संयुक्त विद्यार्थी संगठनले विरोध गरेको हो ।
त्यस्तै बैठकले संयुक्त आन्दोलनका क्रियाशील अखिल क्रान्तिकारीका नेता कार्यकर्तालाई तत्काल रिहाइ गर्न माग समेत गरेको छ । बैठकमा नेपाल विद्यार्थी सङ्गठनका अध्यक्ष राजीव ढुङ्गाना, अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङ, राष्ट्रिय विद्यार्थी सङ्घका अध्यक्ष मनिष मिश्र, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल छैटौँका अध्यक्ष विमल पोखरेल, अखिल पाँचौँका अध्यक्ष घनश्याम मिश्र, अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाल, अखिल क्रान्तिकारीका महासचिव सुन्दर रायमाझी सहभागी लगायत सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया